काठमाडौं। भैरहवामा ३ अर्ब ८१ करोड रुपैयाँ लगानीमा लुम्बिनी क्यान्सर अस्पताल निर्माण गरिने भएको छ।
३ वर्षभित्र अस्पताल निर्माण गर्ने लक्ष्यसहित तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको चरणमा पुगेको छ।
२०० शय्याको अस्पताल २ हजार ५९९ वर्ग मिटर क्षेत्रफलमा अस्पतालको संरचना बनाइनेछ। ८ तले अस्पतालमा अड्डोलोजी, रेडियसन थेरापी, केमोथेरापी, बोनम्यारो ट्रान्सप्लान्ट, सर्जरी, आईसीयू, ओपीडी, चौबिसै घण्टा इमरजेन्सी लगायत सेवा उपलब्ध हुनेछन्।
अस्पताल संचालनमा आएपछि २८५ जनाले काम पाउने ईआईए प्रतिवेदनमा उल्लेख छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सात दिनको समय दिएर ईआईए प्रतिवेदनमा सुझाव मागेको छ।