BIZMANDU
www.bizmandu.com

पुनः ओरालो लाग्यो सुनचाँदीको मूल्य, सुन ३३०० र चाँदी १२५ रुपैयाँले सस्तियो

२०८३ जेठ ६

पुनः ओरालो लाग्यो सुनचाँदीको मूल्य, सुन ३३०० र चाँदी १२५ रुपैयाँले सस्तियो
पुनः ओरालो लाग्यो सुनचाँदीको मूल्य, सुन ३३०० र चाँदी १२५ रुपैयाँले सस्तियो


काठमाडौं। बढ्न थालेको सुनचाँदीको मूल्य पुनः ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा प्रति तोला ३ हजार ३ सय रुपैयाँले गिरावट आएको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९२ हजार रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी तोलामा १२५ रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला ४ हजार ९६० रुपैयाँ कायम भएको छ। चाँदी मंगलबार तोलामा ४५ रुपैयाँ बढ्दै प्रति तोला ५ हजार ८५ रुपैयाँ थियो।

महासंघका अनुसार मलमास सुरु भएपछि बजारमा सुनचाँदीको माग घट्दा कारोबार न्यून छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रति औंस ४४६८.३१ डलर छ। चाँदी प्रति औंस ७३.८५ डलर छ। मंगलबार सुन प्रति औंस ४५४६.२३ डलर र चाँदी प्रति औंस ७६.४ डलर थियो।