BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचकमा ६.५१ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख

२०८३ जेठ ५

सेयर बजार सूचकमा ६.५१ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख
सेयर बजार सूचकमा ६.५१ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख


काठमाडौं। सेयर बजारमा लगातार गिरावट आएको छ। नेप्से परिसूचक मंगलबार ६.५१ अंक घटेर २७२४.३९ बिन्दुमा बन्द भएको छ। दिनभरको कारोबारमा बजार ०.२३ प्रतिशतले ओरालो लागेको हो।

Vigo
GBIME
Tata

कारोबारमा आएका विकास बैंक, फाइनान्स, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहले बजार घटाएका हुन्। व्यापार उपसमूह सर्वाधिक १.२४ प्रतिशतले घटेको छ। बजार यसअघि सोमबार १.०३ प्रतिशतले घटेको थियो।

मंगलबार बजारमा १४५ कम्पनीको सेयर मूल्य घटेको छ। सिटी होटलको सबैभन्दा धेरै सेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ। थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्यमा ५.८२ प्रतिशतको गिरावट छ।

बजारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको स्थिर छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशतले बढेको छ।

मंगलबार ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनका तुलनामा भने बढेको हो। सोमबारको कारोबार २ अर्ब ४५ करोड ८ लाख रुपैयाँमा सीमित थियो।

मंगलबार बजारमा सिटी होटलको सबैभन्दा धेरै २३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, साहस ऊर्जाको ९ करोड १६ लाख र आँखु खोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।