BIZMANDU
www.bizmandu.com

आईटीमा बजारको माग अनुसार जनशक्ति उत्पादन गरिने, नास-आईटीको नेतृत्वमा पाठ्यक्रम बनाइँदै

२०८३ जेठ ५

आईटीमा बजारको माग अनुसार जनशक्ति उत्पादन गरिने, नास-आईटीको नेतृत्वमा पाठ्यक्रम बनाइँदै
आईटीमा बजारको माग अनुसार जनशक्ति उत्पादन गरिने, नास-आईटीको नेतृत्वमा पाठ्यक्रम बनाइँदै


काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी)ले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्नातक तहका लागि आईटीको नयाँ पाठ्यक्रम बनाउन सुरु गरेको छ।

Vigo
GBIME
Tata

नास-आईटीले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) र स्वीस कन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा आईटीको नयाँ पाठ्यक्रम बनाउन सुरु गरेको हो। नयाँ पाठ्यक्रम निर्माणका लागि नास-आईटीले नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेको छ।

नास-आईटीका अध्यक्ष गौरव पाण्डेले आईटी क्षेत्रको अहिलेको माग अनुसार पाठ्यक्रम विकास गर्ने बताए। ‘अहिले इन्डस्ट्रीले खोजे अनुसारको सीप स्नातक सकेका विद्यार्थीमा छैन,’ पाण्डेले भने, ‘त्यसैले अब बजारको मागअनुसारको पाठ्यक्रम निर्माण गर्दैछौं।’

समस्या समाधान क्षमता, डेटा बुझाइ, क्रिटिकल थिंकिङ र एआईसँग काम गर्न सक्ने क्षमता विकास गर्ने गरी पाठ्यक्रम तयार गर्ने नास-आईटीको भनाइ छ।

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटी प्रमुख डा. भोजराज घिमिरेले चार वर्षे पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा लगायत उदीयमान प्रविधि समावेश हुने जानकारी दिए।

नयाँ पाठ्यक्रममा विद्यार्थीले अध्ययन सुरु गरेकै दिनदेखि आईटी इन्डस्ट्रीमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन्। स्नातक पूरा गर्दा विद्यार्थीमा प्रमाणपत्रका साथै इन्डस्ट्रीले खोजेको व्यावहारिक सीप र अनुभव पनि हुनेछ।