BIZMANDU
www.bizmandu.com

साइमेक्स इंकले भन्यो : सिमरामा दुर्घटना भएको बीवाइडी एटो-२ गाडीलाई विष्फोट भनियो

२०८३ जेठ ५

साइमेक्स इंकले भन्यो : सिमरामा दुर्घटना भएको बीवाइडी एटो-२ गाडीलाई विष्फोट भनियो
साइमेक्स इंकले भन्यो : सिमरामा दुर्घटना भएको बीवाइडी एटो-२ गाडीलाई विष्फोट भनियो

काठमाडौं । सिमरा नजिकै बीवाइडी एटो २ ‘विस्फोट भएको’ भन्दै सामाजिक संजालमा भाइरल बनेका भिडियो र पोस्टहरू भ्रामक रहेको कम्पनी र प्रहरीले स्पष्ट पारेका छन्।

Tata
GBIME

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त घटना विस्फोटका कारण नभएको जनाएको हो। कम्पनीले टिकटक लगायत सामाजिक संजाल ‘गाडी विस्फोट’ सम्बन्धी दाबी तथ्यहीन रहेको जिकिर गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराले सामाजिक संजालमा फैलाइएका विस्फोटसम्बन्धी दाबी गलत भएको जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार गत शनिबार साँझ करिब ५:५० बजे बारा जिल्लाको सिमरामा परीक्षणका क्रममा रहेको बीवाइडी एटो २ ले सडक पार गरिरहेका एक पैदलयात्रीलाई जोगाउने प्रयास गर्दा नियन्त्रण गुमाएको थियो। त्यसपछि गाडी सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको थियो।