BIZMANDU
www.bizmandu.com

चेन्नइमाथि ५ विकेटको जितले हैदराबादसँगै गुजरात पनि प्लेअफमा, के छ अंकतालिकामा?

२०८३ जेठ ५

चेन्नइमाथि ५ विकेटको जितले हैदराबादसँगै गुजरात पनि प्लेअफमा, के छ अंकतालिकामा?
Pat Cummins of Sunrisers Hyderabad celebrates after taking the wicket of Kartik Sharma of Chennai Super Kings during Match 57 of the TATA Indian Premier League 2026 between Royal Challengers Bengaluru and Kolkata Knight Riders at Shaheed Veer Narayan Singh International Cricket Stadium, Raipur, India, on May 13, 2026. Photo by Faheem Hussain / CREIMAS for IPL


सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराति सम्पन्न खेलमा हैदराबादले चेन्नइलाई ५ विकेटले हराएसँगै हैदराबाद र गुजरात प्लेअफमा पुगेका हुन्। रोयल च्यालेन्जर्स बेङ्ग्लुरु सबैभन्दा पहिला प्लेअफमा पुगेको थियो।

Tata
GBIME

गएराति चेन्नइमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। सुस्त ब्याटिङ गरेको चेन्नइका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन बनाउँदा कार्तिक शर्माले ३२ तथा सञ्जु सामसनले २७ रनको योगदान दिए। बलिङमा हैदराबादका प्याट कमिङ्सले ३, सकिब हुसैनले २ तथा इसान मालिंगा र प्रफुल हिंग्लेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले ५ विकेट गुमाएर अन्तिम ओभर बाँकी छँदै लक्ष्य पछ्यायो। हैदराबादका लागि इशान किसनले सर्वाधिक ७० रन बनाउँदा हेनरिच क्लासनले ४७ तथा अभिषेक शर्माले २६ रनको योगदान दिए।

आईपीएल अंकतालिका।

चेन्नइका लागि लागि मुकेश चौधरीले २ विकेट लिँदा अन्सुल खम्बुज, नूर अहमद र अकिल हुसैनले समान १ विकेट लिए।

अब आईपीएलको शीर्ष तीनमा रहेका बेङ्ग्लुरु, गुजरात र हैदराबाद हैदराबादले प्लेअफमा स्थान बनाउँदा अब प्लेअफको अन्तिम टोली बन्न पञ्जाव किंग्स, राजस्थान रोयल्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्स यसको होडमा छन्। मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट प्लेअफको होडबाट बाहिरिसकेका छन्।