BIZMANDU
www.bizmandu.com

५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक काँकडभिट्टाबाट प्रहरीको नियन्त्रणमा     

२०८३ जेठ ४

५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक काँकडभिट्टाबाट प्रहरीको नियन्त्रणमा     
५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक काँकडभिट्टाबाट प्रहरीको नियन्त्रणमा     

काठमाडौं। पाँच सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

GBIME
Tata

झापाको काँकडभिट्टास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिएको हो।

सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले जाँच गर्दा सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्राण्डको मोबाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिम कार्ड ७ वटा समेत बरामद गरेको छ।

उनी कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेका हुन् भन्ने खुलेको छैन।