BIZMANDU
www.bizmandu.com

शीर्षस्थानको स्कटल्याण्डलाई हराउँदै नेपाललाई अंकतालिकामा राहत, दुई स्थान सुधार

२०८३ जेठ ४

शीर्षस्थानको स्कटल्याण्डलाई हराउँदै नेपाललाई अंकतालिकामा राहत, दुई स्थान सुधार
शीर्षस्थानको स्कटल्याण्डलाई हराउँदै नेपाललाई अंकतालिकामा राहत, दुई स्थान सुधार


काठमाडौं। नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप लिग-२ को अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। आज सम्पन्न खेलमा लिग लिडर स्कटल्याण्डलाई हराउँदै दुई अंक जोडेको नेपाल २२ अंकसहित पाँचौँ स्थानमा उक्लिएको हो।

Tata
GBIME

८ टोली प्रतिस्पर्धामा रहेको लिगमा पछिल्ला दुई घरेलु सिरिजमा उच्च लय देखाउँदै नेपालले अंकतालिकामा दवाब कम गरेको हो।

योसँगै नेपाल २७ खेलबाट २२ अंक बनाउँदै पाँचौँ स्थानमा रहँदा २८ खेलबाट समान २२ अंक बनाएको नामिबिया छैटौं, २४ खेलबाट २१ अंक बनाएको क्यानडा सातौँ र २४ खेलबाट १४ अंक बनाएको यूएई तालिकाको पुछारमा छ।

हारको बावजुद स्कटल्याण्ड तालिकाको शीर्षस्थानमा ३८ अंकसहित छ। दोस्रो स्थानमा ३६ अंक बनाएको अमेरिका, तेस्रो स्थानमा ३१ अंक बनाएको ओमन र चौथो स्थानमा २८ अंक बनाएको नेदरल्याण्ड्स छ।

विश्वकपको ग्लोबल क्वालिफायर सिधै खेल्न शीर्ष चारभित्र आफूलाई अटाउनु पर्ने हुन्छ। नेपालले अब जारी सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।