BIZMANDU
www.bizmandu.com

राजस्थानलाई हराउँदै दिल्लीले कायम राख्यो प्लेअफ सम्भावना, आज चेन्नइ र हैदराबाद भिड्दै

२०८३ जेठ ४

राजस्थानलाई हराउँदै दिल्लीले कायम राख्यो प्लेअफ सम्भावना, आज चेन्नइ र हैदराबाद भिड्दै
KL Rahul of Delhi Capitals receives Player of the Match Award during the presentation of the during Match 62 of the TATA Indian Premier League 2026 between Delhi Capitals and Rajasthan Royals at Arun Jaitley Stadium, Delhi, India, on May 17, 2026. Photo by Surjeet Yadav / CREIMAS for IPL


दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले हराएको हो।

Tata
GBIME

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। राजस्थानका लागि ध्रुब जुरेलले सर्वाधिक ५३ रन बनाउँदा कप्तान रियान परागले ५१ रन तथा वैभव सूर्यवंशीले ४६ रनको योगदान दिए। बलिङमा मिचेल स्टार्कले ४ विकेट लिँदा लुन्गी एनगिदी र माधव तिवारीले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्सले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाउँदा अभिषेक पोरले ५१ तथा अक्षर पटेलले अविजित ३४ रन बनाए। बलिङमा राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले समान २ विकेट लिँदा दसुन शनकाले १ विकेट लिए।

योसँगै प्लेअफको होड थप रोचक बन्दै गएको हो। हालसम्म रोयल च्यालेन्जर्स बेङ्ग्लुरुमात्रै प्लेअफमा पुगेको छ। त्यस्तै, लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्समात्र प्लेअफको होडबाट बाहिरिएको छ। प्लेअफ पुगेको बेङ्ग्लुरुको १३ खेलबाट १८ अंक छ। दोस्रो स्थानको गुजरातको समान खेलबाट १६ अंक बनाउँदै प्लेअफ पुग्ने लगभग पक्का छ। तेस्रो स्थानको हैदराबादसँग १४, चौथोको पञ्जावसँग १३ अंक छ। त्यसपछिका चेन्नइ, राजस्थान र दिल्लीको समान १२ अंक रहँदा कोलकाताको ११ अंक छ।

आज चेन्नइ सुपर किंग्स र हैदराबाद भिड्दैछन्।