BIZMANDU
www.bizmandu.com

हाइड्रोपावरको नाफामा उछाल, तेस्रो त्रैमासमा कुनले कति कमाए?

२०८३ जेठ ३

हाइड्रोपावरको नाफामा उछाल, तेस्रो त्रैमासमा कुनले कति कमाए?
हाइड्रोपावरको नाफामा उछाल, तेस्रो त्रैमासमा कुनले कति कमाए?


काठमाडौं। बैंकको ब्याजदर निरन्तर घटेपछि जलविद्युत कम्पनीको नाफामा उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १०३ मध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०० कम्पनीले कुल ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

Tata
GBIME

कम्पनीहरुले पोहोर ९ महिनाको तुलनामा ३.२४ गुणा अर्थात ३२४ प्रतिशतले खुद नाफा बढाएका हुन। यी जलविद्युत कम्पनीले गत वर्ष चैतसम्म १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका थिए।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भइ आफ्नो लागत घटेपछि जलविद्युत कम्पनीको नाफा बढेको हो। हाइड्रोपावरले जलविद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएका छन्।

७८ वटा जदविद्युत कम्पनी नाफामा छन्। २२ कम्पनी नोक्सानीमा छन्। गत वर्ष तेस्रो त्रैमासमा ६५ कम्पनी नाफामा हुँदा ३३ वटा नोक्सानीमा थिए।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्नुका साथै बैंकको ब्याजदर घटेका कारण आयोजनाहरु नाफामा गएको बताए।

‘बैंकको ब्याजदर घटेका कारण लागत कम हुँदा आयोजनाको नाफामा सकारात्मक प्रभाव परेको हो। बैंकको ब्याज महंगो हुँदा आयोजनाको ठूलो रकम खर्च हुने गरेको छ,’ उनले भने, ‘त्यस बाहेक यो वर्ष विद्युत उत्पादन बढेको छ। प्रसारणलाइन निर्माण भएकाले सबैजसो आयोजनाको विद्युत त्यहाँ जोडिएर खेर गएन। जसको कारण आयोजनाको नाफा बढेको हो।’

आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ। तर, बैंक तथा वित्तीय संस्थाको ब्याजदर अहिले न्यून विन्दुमा आएको छ। बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ।

निक्षेपको ब्याजदर २ प्रतिशतमा भन्दा तल झरेको छ। ब्याजदरमा गिरावटको प्रभाव जलविद्युत कम्पनीको नाफामा हो।

विद्युत बिक्री बढ्नुका साथै बैंकको ब्याजदरमा आएको गिरावटले लागत घटेका कारण नाफा नाफा बढेको ऊर्जा उत्पादकहरु बताउँछन्।

बुद्धभूमि नेपाल हाइड्रोपावरको अध्यक्ष तथा इप्पानको महासचिव बलराम खतिवडाले यो वर्ष पानी परेकाले विद्युत उत्पादन बढेकाले आयोजनाको नाफा बढेको बताए। ‘पानी परेर विद्युत उत्पादन बढेका कारण यो वर्ष जलविद्युत कम्पनीको नाफामा राम्रो सुधार आएको हो,’ उनले भने।

दुई आर्थिक वर्ष तेस्रो त्रैमाससम्ममा जलविद्युत कम्पनीको मुनाफा लाखमा

जलविद्युत कम्पनी२०८२/८३ चैतसम्म
खुद नाफा (रु लाखमा)
२०८१/८२ चैतसम्म
खुद नाफा (रु लाखमा)
फरक %
साहस ऊर्जा११८२७८३४१४१.७९
सोलु हाइड्रोपावर८५८१
अपी पावर कम्पनी६५८५३५३४८६.३३
माउन्टेन इनर्जी नेपाल५२७६४६५०१३.४६
ग्रीन भेन्चर्स४९४४३७३५३२.३७
चिलिमे हाइड्रो कम्पनी४५६९५१४८-११.२५
राधी विद्युत३२३९८११२९९.३८
बुटवल पावर कम्पनी२९९३२१०२४२.३९
अपर तामाकोसी२८६७-२०६७४
सानिमा मिडल तमोर२५१०२१३६१७.५१
मान्डू हाइड्रोपावर२४८२१५०२६५.२५
सुपर मादी हाइड्रोपावर२४४१८७७१७८.३४
बलेफी हाइड्रोपावर२३५६-३२६६
अपर सोलु हाइड्रो इलेक्ट्रिसीटी कम्पनी२०६८१२२८६८.४
सिंगटी हाइड्रो इनर्जी२०४७१३४३५२.४२
सुपर खुदी हाइड्रोपावर१८१७१७२३५.४६
स्वेतगंगा हाइड्रो१७७५६८०१६१.०३
ङादी हाइड्रो१४७७-८६
अरुण काबेली हाइड्रो१४३७३२१३४७.६६
सानिमा माई हाइड्रो१३५४३१०७-५६.४२
अरुण भ्याली हाइड्रो कम्पनी१३३६३४१८-६०.९१
हिमालयन पावर पार्टनर१२५९५६६१२२.४४
सिक्लेस हाइड्रो११९४८६४३८.१९
बिन्धबासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी११७६६६३७७.३८
मिड सोलु हाइड्रोपावर१०२८८७११८.०३
रिजलाइन इनर्जी९३९४५४१०६.८३
कालिका पावर कम्पनी८९४८८११.४८
मकर जितुमाया सुरी हाइड्रोपावर८७१५५६५६.६५
माथिल्लो मैलुङ खोला८४६१९०३४५.२६
पञ्चकन्या माई हाइड्रोपावर८२२४३१८११.६३
अपर हेवा खोला हाइड्रो८०७४४६८०.९४
मध्य भोटेकोसी जलविद्युत७६७-२७४
माउन्टेन हाइड्रो नेपाल७६७-३९२७
रिडीपावर कम्पनी७४९५५१२६१.८२
विकास हाइड्रोपावर७१०९८.४५६२१.१८
युनाइटड इदी मार्दी एण्ड आरबि६९५४६९४८.१९
हिमालयन हाइड्रोपावर६८०६४१६.०८
तेह्रथुम पावर कम्पनी६२९२२०१८५.९१
मोलुङ हाइड्रो कम्पनी६२६३०११०७.९७
रुरु जलविद्युत परियोजना६२०७०२-११.६८
पाँचथर पावर कम्पनी६०१-५१६
हिमालयन ऊर्जा विकास कम्पनी५९२३४९६९.६३
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी५६७४२२३४.३६
सिनर्जी पावर डेभलपमेन्ट५३२४३६२२.०२
नेपाल हाइड्रो डेभ्लपर्स५३१४९८६.६३
युनाइटेड मोदी हाइड्रोपावर५०२३०७६३.५२
सुपर माइ हाइड्रोपावर४६७३७७२३.८७
मन्दाकिनी हाइड्रोपावर४१०३६६१२.०२
ङादी ग्रुप पावर४०४२४९६२.२५
आँखु खोला जलविद्युत कम्पनी३८३३३६१३.९९
इस्टर्न हाइड्रोपावर२९८१२३१४२.२८
युनियन हाइड्रो२९४२१९३४.२५
माया खोला हाइड्रोपावर कम्पनी२९२-४९२
सगरमाथा जलविद्युत२६८३१५-१४.९२
रवा इनर्जी डेभलपमेन्ट२६८१३९९२.८१
बुद्ध भूमि नेपाल हाइड्रो२३३५.६२४०४५.९१
सान्जेन जलविद्युत कम्पनी२१५-२४२८
युनिभर्सल पावर कम्पनी२०५२८०
नेसनल हाइड्रोपावर कम्पनी१९२२४७००
छ्याङ्दी हाइड्रोपावर१८८-४०२
रिभर फल्स पावर१८६१४१२२८.५७
बरुण हाइड्रो१६९३५३८२.८६
दोर्दी खोला जलविद्युत कम्पनी१३१-३८९
चिर्ख्वा हाइड्रोपावर१२९४८.७८१६४.४५
सुभम पावर१२२४२.९८१८३.८५
इङ्वा हाइड्रो११८-२९५
मैलुङ खोला जलविद्युत परियोजना११५१४६-२१.२३
माई खोला हाइड्रो११५२४.४९३६९.५८
सयपत्री हाइड्रोपावर कम्पनी११३११०२.७३
कुथेली बुखरी स्मल हाइड्रोपावर१०९१०१७.९२
लिबर्टी इनर्जी१००-२४५
मनकामना इन्जिनियरिङ हाइड्रोपावर७४-१८०
दिव्यश्वरी हाइड्रो५७-३१
पिपुल्स हाइड्रो कम्पनी३८.१८-१३५२
मेन्छिएम हाइड्रो३७-१०३२
अपर स्याडे हाइड्रोपावर३४.९५-१६२.९८
दोल्ती पावर कम्पनी३३.३७-१३३.७९
राप्ति हाइड्रो२.६३-३७१
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी-५.०८-१९५
बराही हाइड्रो पब्लिक लिमिटेड-१०.९८२९.६६
समलिङ पावर कम्पनी-१२-१२०
बुंगल हाइड्रोपावर-४८.८९-४७०
अपर लोहोरे खोला हाइड्रोपावर-६०-२.३२
माबिलुङ इनर्जी-८४.४७२०.७२
खानी खोला हाइड्रो-१४५-४९२
पिपुल्स पावर-१८०७८
सूर्यकुण्ड हाइड्रो इलेक्टिसीटी-२२६-१४.१८
भुजुङ हाइड्रोपावर-२४४
घलेम्दी हाइड्रो-२६६-२४६
दरम खोला हाइड्रोपावर-३३४३५२
थ्रिस्टार हाइड्रोपावर-३३९-३२.७१
शिखर पावर डेभलपमेन्ट-४८६-३२
एसियन हाइड्रोपावर-४९२-३०६
सान्भी इनर्जी-५६०१२२
मोदी इनर्जी-६७६-७४५
शिभश्री हाइड्रोपावर-६८८८५२
हिमस्टार ऊर्जा कम्पनी-७०३-४.६६
त्रिशुली जलविद्युत कम्पनी-९४०-१७६
भिजन लुम्बिनी ऊर्जा कम्पनी-१००५१५०
रसुवागढी हाइड्रोपावर-१२३९६-१४६०
कुल७९२८४.७११८६९६.०६

विद्युत उत्पादनका लागि वर्षातका कारण पहिलो त्रैमास राम्रो सिजन मानिन्छ। यो अवधिमा आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउँछन्। सुख्खायाममा नदीमा पानीको बहाब घट्ने भएका कारण विद्युत उत्पादन एक तिहाइमा झर्ने गरेको छ। तर, यस वर्ष हिउँदामा पनि पानी परेका कारण विद्युत उत्पादन १० देखि १५ प्रतिशतसम्म बढेको ऊर्जा प्रवर्द्धकहरुले बताएका छ्न।

‘गत वर्षको तुलनामा आयोजनाबाट १० देखि १५ प्रतिशत विद्युत उत्पादन बढेकाले आम्दानी वृद्धि भएको हो,’ ऊर्जा उत्पादक मोहन डाँगीले भने।

जलविद्युत कम्पनीको यस वर्ष विद्युत बिक्रीबापत हुने आम्दानी बढेको छ। वर्षायाममा आन्तरिक खपत गरेर बढी भएको बिजुली नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको छ।

रसुवागढी हाइड्रोपावर भने सबैभन्दा धेरै १ अर्ब २३ करोड रुपैयाँ नोक्सानीमा गएको छ। गत असार अन्तिम साता आएको बाढीले क्षति पुगेका कारण रसुवागढी हाइड्रोपावरको विद्युत उत्पादन प्रभावित भएको थियो। त्यतिखेर आधा दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको थियो।