BIZMANDU
www.bizmandu.com

पञ्जावलाई हराउँदै बेङ्ग्लुरु आईपीएलको प्लेअफमा, अर्को खेलमा राजस्थान ब्याटिङमा

२०८३ जेठ ३

पञ्जावलाई हराउँदै बेङ्ग्लुरु आईपीएलको प्लेअफमा, अर्को खेलमा राजस्थान ब्याटिङमा
Virat Kohli and Devdutt Padikkal of Royal Challengers Bengaluru during Match 61 of the TATA Indian Premier League 2026 between Punjab Kings and Royal Challengers Bengaluru at Himachal Pradesh Cricket Association Stadium, Dharamshal, India, on May 17, 2026. Photo by Pankaj Nangia / CREIMAS for IPL


रोयल च्यालेन्जर्स बेङ्ग्लुरु प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पञ्जाव किंग्सलाई २३ रनले हराउँदै बेङ्ग्लुरु प्लेअफमा पुगेको हो।

Tata
GBIME

धर्मसाला स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। बेङ्ग्लुरुका लागि वेङ्कटेस ऐय्यरले सर्वाधिक अविजित ७३ रन बनाउँदा विराट कोहलीले ५८ तथा देवदत्त पार्डिकलले ४५ रन बनाए। बलिङमा हरप्रीत ब्ररले २ विकेट लिँदा अर्सदीप सिंह र युजवेन्द्र चहलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाव ८ विकेट गुमाउँदै १९९ रनमा समेटियो। पञ्जावका लागि शसांक सिंहले सर्वाधिक ५६ रन बनाउँदा कुपर कोनोली र मार्कस स्टोइनिसले समान ३७ तथा सूर्यांस हेग्लेले ३५ रनको योगदान दिए।

बलिङमा रसिक सलामले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ तथा जोस हेजलवुड, सूयस शर्मा र रोमारिय शेपार्डले समान १ विकेट लिए।

जितसँगै १३ खेलबाट १८ अंक बनाएको बेङ्ग्लुरु प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। आजै अर्को खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग टस हारेर ब्याटिङमा उत्रिएको छ।