काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ हजार ५सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण भएको छ।
यसअघि गत शुक्रबार सुन तोलामा ४ हजार रुपैयाँ घटेर प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ३ सय ३० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी प्रति तोला ५ हजार ३ सय ९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४५४०.४९ डलर र चाँदी प्रति औंस ७५.९८ डलर छ।