काठमाडौं l मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन ईलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिइएकछ। त्यससँगै अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको होI
नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन्।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।