BIZMANDU
www.bizmandu.com

व्यवसायिक विद्युत योजना बनाएरमात्र बिजुली खरिद गर्न प्राधिकरणलाई महालेखाको सुझाव

२०८३ जेठ १

व्यवसायिक विद्युत योजना बनाएरमात्र बिजुली खरिद गर्न प्राधिकरणलाई महालेखाको सुझाव
व्यवसायिक विद्युत योजना बनाएरमात्र बिजुली खरिद गर्न प्राधिकरणलाई महालेखाको सुझाव


काठमाडौं । महालेखा परिक्षकको कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायिक विद्युत योजनासहित विद्युत खरिद सम्झौता गर्न सुझाव दिएको छ।

Tata
GBIME

हाल २५३ वटा स्वतन्त्र ऊर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट खरिद सम्झौताको प्रक्रियामा प्राधिकरण रहेको छ।

यस वर्षका लागि गरिएको योजना र वास्तविक विद्युत उत्पादनको तुलना गर्दा अधिकांश महिनामा योजना भन्दा उत्पादन कम भएको कारण प्राधिकरणलाई करिब २६ करोड ८८ लाख रुपैयाँ किलोवाट घण्टा विद्युत उत्पादन घाटा भएको महालेखाले उल्लेख गरेको छ।

‘उत्पादनमा कमी भएको कारण एक मित्रराष्ट्रबाट थप विद्युत आयात गर्दा प्राधिकरणलाई सोका लागि अनुमानित रु.१ अर्ब २२ करोड ७९ लाख व्ययभार परेको छ,’ महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘विशेष गरी सुक्खा महिनाहरूमा आयातित विद्युतमा निर्भरता रहेको र रन अफ रिभर प्रकृतिका परियोजनाबाट उत्पादित विद्युत वर्षायाममा खेर गई प्राधिकरणलाई घाटा भइरहेकोले उक्त विषयलाई समेत ध्यान दिई व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्दछ।’