BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकाका डेढ दर्जन भन्दा बढी कन्सल्टेन्सीमा छापा, दर्ता नभएका प्रहरी निशानामा

२०८३ जेठ १

काठमाडौं उपत्यकाका डेढ दर्जन भन्दा बढी कन्सल्टेन्सीमा छापा, दर्ता नभएका प्रहरी निशानामा
काठमाडौं उपत्यकाका डेढ दर्जन भन्दा बढी कन्सल्टेन्सीमा छापा, दर्ता नभएका प्रहरी निशानामा

काठमाडौं । दर्ता नभएका एजुकेसन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ।

GBIME
Tata

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहानदेखि उपत्यकाभित्रका तीन जिल्लामा रहेका कन्सल्टेन्सीमा छापा मारेको हो।

ललितपुरका ५ वटा, भक्तपुरका ५ वटा र काठमाडौंमा १० भन्दा बढी कन्सल्टेन्सीमा छापा मारिसकेको छ।

‘अहिलेसम्म डेढ दर्जन भन्दा बढी भएको छ। अझै जारी नै रहेको छ,’ एक प्रहरी अधिकृतले भने।

सबैभन्दा धेरै पुतलीसडकमा रहेका कन्सल्टेन्सीमा छापा मारिएको हो। दर्ता नभएका कन्सल्टेन्सी पहिलो निशानामा परेका छन्।