BIZMANDU
www.bizmandu.com

सरकारी निकायको बेरुजु ७ खर्ब ५५ खर्ब रुपैयाँ पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो

२०८३ जेठ १

सरकारी निकायको बेरुजु ७ खर्ब ५५ खर्ब रुपैयाँ पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
सरकारी निकायको बेरुजु ७ खर्ब ५५ खर्ब रुपैयाँ पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो


काठमाडौं। सम्पूर्ण सरकारी निकायको बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु थप भएको छ।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्ब बेरुजु थपिएको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ५२६ कार्यालयको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा संघीय कार्यालयको ५३ अर्ब ४८ करोड बेरुजु थप भएको छ। त्यस्तै प्रदेश कार्यालयहरूको ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ४ करोड बेरुजु देखिएको छ। समिति तथा अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु रहेको महालेखाले जनाएको छ।

यसरी गत आर्थिक वर्षसम्म संघीय मन्त्रालय तथा कार्यालयको मात्रै कुल बेरुजु ३ खर्ब ७८ अर्ब, प्रदेश कार्यालयहरूको ३४ अर्ब र स्थानीय तहको २ खर्ब २० अर्ब पुगेको छ।

समिति तथा अन्य संस्थाहरूको कुल बेरुजु १ खर्ब २२ अर्ब रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।