काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नवीकरण नगर्ने संघहरुलाई कारबाहीको चेतावनी दिएको छ।
परिषदले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिमको प्रक्रिया पूरा गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि परिषदमा दर्ता हुन नआएको भन्दै कारबाहीको चेतावनी दिएको हो।
सूचनामा संघहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने सांगठनिक संरचना निर्माण, आवधिक निर्वाचन, नविकरण तथा प्रचलित कानुन बमोजिम अनिवार्य रुपमा गर्नु पर्ने विषयहरु गरेको नदेखिएको जनाएको छ।
‘२०८३ असार १५ गते भित्र तोकिए बमोजिमको प्रक्रिया पूरा गरी नविकरण गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ,’ राखेपले भनेको छ, ‘तोकिएको समय भित्र नविकरण नभएमा प्रचलित कानुन बमोजिम भैजाने समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ।’

यी हुन राखेपमा नवीकरण गरिएका र गर्न बाँकी संघ।
नवीकरण बाँकी भएका संघ
राखेपमा ३३ वटा संघको नवीकरण बाँकी रहेको देखिएको छ। यसमा क्रिकेट संघ (क्यान) देखि नेपाल ओलम्पिक कमिटीसम्म छन्।
नेपाल कुराश संघ, नेपाल उमा कुङ्ग-फु संघ, अखिल नेपाल कबड्डी संघ, ई-स्पोर्ट्स संघ, नेपाल, जु-जित्सु नेपाल संघ, नेपाल ओलम्पिक कमिटी, नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ, नेपाल आईकिडो संघ, नेपाल आईस हक्की संघ, नेपाल ईआईदो तथा केन्दो संघ, नेपाल उसु संघ, नेपाल कराते महासंघ, नेपाल क्रिकेट संघ, नेपाल क्लाईविङ्ग स्पोर्ट्स संघ, नेपाल जिम्न्यास्टिक संघ, नेपाल ट्रायथलन संघ, नेपाल डण्डीबियो संघ, नेपाल पारा ओलम्पिक कमिटी, नेपाल पेन्केक सिलात मार्शल आर्ट संघ, नेपाल पौडी संघ, नेपाल प्यान्क्रेशन एथ्लीमा संघ, नेपाल ब्रेकिन एण्ड डान्स स्पोर्ट्स संघ, नेपाल भारतोलन संघ, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महसंघ, नेपाल राष्ट्रिय मुवाँथाइ संघ, नेपाल विलियर्ड स्नुकर तथा पुल संघ, नेपाल सफ्ट टेनिस संघ, नेपाल साम्बो फेदरेशन, नेपाल स्की संघ, नेपाल ह्याण्डबल संघ, नेशनल किक् बक्सिङ एशोसियसन, विश्व विद्यालय खेलकुद संघ नेपाल र स्पेशल ओलम्पिक नेपाल संघ।
नवीकरण भएका संघ
नेपाल फुल कन्ट्याक्ट कराते संघ, अखिल नेपाल टेबल टेनिस संघ, अखिल नेपाल फुटबल संघ (निलम्बित), एल्पाइन स्पोर्टस फेडेरेसन नेपाल, नेपाल योग खेलकुद संघ, नेपाल अटोमोबिल्स संघ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान-दो महासंघ, नेपाल आर्चरी संघ, नेपाल इक्विस्टेरिन संघ, नेपाल एडभेन्चर रनिङ्ग संघ, नेपाल एथलेटिक्स संघ, नेपाल कुस्ती संघ, नेपाल क्वान्मुकान कराते डो संघ, नेपाल खो खो संघ, नेपाल गल्फ संघ, नेपाल जुडो संघ, नेपाल टेनिस संघ, नेपाल डोरी तान संघ, नेपाल तेक्वान्दो संघ, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल फेन्सिङ संघ, नेपाल बक्सिङ महासंघ, नेपाल बहिरा ओलम्पिक कमिटी, नेपाल बास्केटबल संघ, नेपाल बुद्दिचाल संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल ब्याटमिनटन संघ, नेपाल भलिबल संघ, नेपाल रग्बी संघ, नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल वादोरियो कराते डो संघ, नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल शारिरीक शुगठन तथा फिटनेस महासंघ, नेपाल साइक्लिंग महासंघ, नेपाल सुटिङ संघ, नेपाल सेपाक्ताक्रो संघ, नेपाल सोतोकान कराते संघ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल स्क्वास र्याकेट संघ, नेपाल हक्की संघ, नेपाल हप्किडो संघ र मोर्डन पेन्टाथलोन फेडरेशन नेपाल।