BIZMANDU
www.bizmandu.com

चेम्बर अफ कमर्ससँगको सहकार्यमा काठमाडौंमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै

२०८३ बैशाख ३०

चेम्बर अफ कमर्ससँगको सहकार्यमा काठमाडौंमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै
चेम्बर अफ कमर्ससँगको सहकार्यमा काठमाडौंमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै


काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) ले ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ।

Vigo
GBIME
Tata

चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो। संस्थाका प्रतिनिधि डा. एम. एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ।

उनका अनुसार आयुष क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेष्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड,आयुष राईजिङ अवार्ड तथा आयुष ईन्टरप्राईज अवार्डप्रदान गरी सम्मान गरिनेछ।

यसका साथै आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र संचालन गरेर ‘लेजेन्ड्स वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ ।

कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथीलगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइनेछ। सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) तथा आधुनिक प्रविधिको प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन्।

कार्यक्रम आयुष क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो। कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। नेपालमा भने आयुष कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको हो।