BIZMANDU
www.bizmandu.com

बालेनलाई प्रतिनिधिसभामा बोलाउन सभामुखसँग रुलिङ माग, संसद अवरुद्ध जारी, (तस्विरहरु)

२०८३ बैशाख ३०

बालेनलाई प्रतिनिधिसभामा बोलाउन सभामुखसँग रुलिङ माग, संसद अवरुद्ध जारी, (तस्विरहरु)
बालेनलाई प्रतिनिधिसभामा बोलाउन सभामुखसँग रुलिङ माग, संसद अवरुद्ध जारी, (तस्विरहरु)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि आज बैठक सुरु हुन सकेको छैन।

Tata
GBIME

प्रधानमन्त्रीको सट्टा अर्थ मन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएपछि विपक्षीहरुले उठेर विरोध जनाइरहेका छन्।

सत्तापक्ष भने प्रधानमन्त्री अनिवार्य उपस्थित हुन नपर्ने भन्दै संसद संचालन हुनुपर्ने मागमा अडिग छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रम पारित गर्ने बेलामा जवाफ दिने सहमति भएपछि प्रतिपक्षी दलहरु संसदको अवरोध हटाउन तयार भएका थिए। त्यसपछि सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री बोलाउन रुलिङ नगरेपछि विपक्षीहरुले पनि अवरोध गरेका हुन्।

दोस्रोपटक सुरु भएको बैठकको सुरुमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि प्रस्ताव गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसपछि रुलिङ नगरेपछि संसद अवरुद्ध भएको थियो।