BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँ घट्यो, औद्योगिक मागले चाँदी लगातार उच्च

२०८३ बैशाख ३०

सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँ घट्यो, औद्योगिक मागले चाँदी लगातार उच्च
सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँ घट्यो, औद्योगिक मागले चाँदी लगातार उच्च


काठमाडौं। मंगलबार बढेको सुनको मूल्य बुधबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य कायम भएको छ।

Tata
GBIME

नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

गत सोमबारका तुलनामा ४ हजार ४ सय रुपैयाँले बढेर मंगलबार तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ भएको थियो। सोमबार सुन प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य केही दिन यता लगातार बढ्दो छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँले बढेर बुधबार प्रति तोला ५ हजार ७ सय १० रुपैयाँ भएको छ। मंगलबार तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ थियो।

चाँदीको खपत औद्योगिक प्रयोजनमा विश्वव्यापी रुपमा बढ्न थालेपछि भाउ उकालो लाग्दै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इलेक्ट्रिक सामान, सोलार प्यानल, उद्योगहरुमा चाँदीको माग बढिरहदा भाउमा चाप परेको हो।