BIZMANDU
www.bizmandu.com

सरकारको नीति तथा कार्यक्रमपछि सेयर बजारमा करेक्सन, नेप्से ३९.४४ अंकले घट्यो

२०८३ बैशाख २९

सरकारको नीति तथा कार्यक्रमपछि सेयर बजारमा करेक्सन, नेप्से ३९.४४ अंकले घट्यो
सरकारको नीति तथा कार्यक्रमपछि सेयर बजारमा करेक्सन, नेप्से ३९.४४ अंकले घट्यो


काठमाडौं। लगातार तीन दिन उकालो लागेको सेयर बजार घटेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट बजार सुस्ताएको हो। नेप्से परिसूचक मंगलबार ३९.४४ अंक घटेर २७४४.४० विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै समूहले बजार घटाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.३३ प्रतिशतले घटेको छ। यस्तै, फाइनान्स, होटल तथा पर्यटन र जलविद्युत २/२ प्रतिशतले घटेको छ।

बजारमा २५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। फर्स्ट माइक्रो फाइनान्सको सबैभन्दा धेरै १२.४० प्रतिशत घटेको छ।

बजारमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर छ। बढेका कम्पनीमध्ये धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

अघिल्लो दिनका तुलनामा मंगलबार कारोबार रकममा सामान्य बढोत्तरी छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै १८ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १८ करोड र रिडी पावरको १७ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि लगानीकर्तामा देखिएको उत्साह टिक्न नसक्दा सेयर बजारमा करेक्सन आएको देखिएको छ। लगातार तीन दिनको वृद्धिपछि मंगलबार नेप्से ३९ अंकभन्दा बढी घट्दा अधिकांश उपसमूह दबाबमा परेका छन्।

व्यापार, फाइनान्स, होटल तथा पर्यटन र जलविद्युत क्षेत्रमा बढी बिक्रीचाप देखिएको हो। बजार घटे पनि कारोबार रकम सामान्य बढ्नुले सूचकले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गर्छ।