BIZMANDU
www.bizmandu.com

वर्षाले रोकिएको खेल ओभर घटाएर सुरु, नेपाललाई ३९ ओभरमा २२१ रनको लक्ष्य

२०८३ बैशाख २९

वर्षाले रोकिएको खेल ओभर घटाएर सुरु, नेपाललाई ३९ ओभरमा २२१ रनको लक्ष्य
वर्षाले रोकिएको खेल ओभर घटाएर सुरु, नेपाललाई ३९ ओभरमा २२१ रनको लक्ष्य


काठमाडौं। स्कटल्याण्डविरुद्ध जित निकाल्न नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको छ। नेपाल जवाफी ब्याटिङमा उत्रन लाग्दा वर्षा सुरु भएपछि रोकिएको खेललाई ११ ओभर छोट्याएर सुरु गरिएको हो।

Tata
GBIME

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। नेपाल ब्याटिङमा उत्रन लाग्दा वर्षा सुरु भयो। यो हिसाबले ११ ओभर र २३ रन कम भएको हो।

वर्षाको बावजुद समर्थकहरु स्टेडियममै छाता लिएर पर्खिरहेका थिए।

क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यो नेपाल, अमेरिका र स्कटल्याण्डबीचको सिरिजको पहिलो खेल हो। अघिल्लो सिरिजमा ४ मध्ये तीन खेलमा जित निकालेको नेपाल यो सिरिजमा पनि उत्कृष्ट नतिजा निकाल्दै सातौँ स्थानबाट पाँचौँ स्थानसम्म उक्लने लक्ष्यमा छ।