BIZMANDU
www.bizmandu.com

नेपालले ब्याटिङ गर्नुअघि वर्षा सुरु: मैदानमा कभर, छाता ओडेर पर्खाइमा समर्थक

२०८३ बैशाख २९

नेपालले ब्याटिङ गर्नुअघि वर्षा सुरु: मैदानमा कभर, छाता ओडेर पर्खाइमा समर्थक
नेपालले ब्याटिङ गर्नुअघि वर्षा सुरु: मैदानमा कभर, छाता ओडेर पर्खाइमा समर्थक


काठमाडौं। स्कटल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्नुअघि कीर्तिपुरमा वर्षा सुरु भएको छ। अहिले मैदानमा कभर लगाइएको छ। समर्थकहरु छाता ओडेर खेल सुरु हुने पर्खाइमा छन्।

Tata
GBIME
मैदानमा कभर लगाइएको छ। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा आजबाट सुरु भएको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।

टीयू क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोज्दै बलियो सुरुवात गरेको थियो। स्कटल्याण्डका ओपनरद्वय जर्ज मुन्से र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्काको सहायतामा ७५ रन बनाउँदा म्याकक्रेथले ३५ रनको योगदान दिए।

रोहित पौडेल र सन्दिप लामिछाने। तस्बिर: क्यान

यी दुबैलाई पभेलियन फर्काउँदै नेपाललाई ब्रेकथ्रु सन्दिप लामिछानेले दिलाए। शीर्षक्रमका अन्य दुई ब्याटर ब्राण्डन म्याकमुलेन र कप्तान रिचि बेरिङटोनलाई पनि दोहोरो अंकको रन नजोड्दै लामिछानेले विकेट लिएपछि नेपालले खेलको मोमेन्टम आफ्नो पक्षमा पार्‍यो।

मध्यक्रमका म्याथ्यु रसलाई १८ र मार्क वाटलाई २४ रनमा करण केसीले विकेट लिए। यस्तोमा स्कटल्याण्डको इनिङ्स उकास्ने जिम्मेवारी लिएका माइकल इङ्ग्लिसले ३४ रन बनाएर अविजित रहँदा माइकल लिस्क २९ रन बनाएर इनिङ्सको अन्तिम बलमा आउट हुन पुगे।

बलिङमा लामिछानेले पूरा स्पेल बलिङ गरेर ४१ रन दिँदै ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रन लाग्दा वर्षा सुरु भएको हो।