BIZMANDU
www.bizmandu.com

बलियो सुरुवात गर्ने स्कटल्याण्ड विरुद्ध लामिछानेको प्रभावशाली बलिङ, नेपालसामू २४४ रनको लक्ष्य

२०८३ बैशाख २९

बलियो सुरुवात गर्ने स्कटल्याण्ड विरुद्ध लामिछानेको प्रभावशाली बलिङ, नेपालसामू २४४ रनको लक्ष्य
बलियो सुरुवात गर्ने स्कटल्याण्ड विरुद्ध लामिछानेको प्रभावशाली बलिङ, नेपालसामू २४४ रनको लक्ष्य


काठमाडौं। स्कटल्याण्डले नेपालसामू रनको २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा आजबाट सुरु भएको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।

Tata
GBIME

टीयू क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोज्दै बलियो सुरुवात गरेको थियो। स्कटल्याण्डका ओपनरद्वय जर्ज मुन्से र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्काको सहायतामा ७५ रन बनाउँदा म्याकक्रेथले ३५ रनको योगदान दिए।

यी दुबैलाई पभेलियन फर्काउँदै नेपाललाई ब्रेकथ्रु सन्दिप लामिछानेले दिलाए। शीर्षक्रमका अन्य दुई ब्याटर ब्राण्डन म्याकमुलेन र कप्तान रिचि बेरिङटोनलाई पनि दोहोरो अंकको रन नजोड्दै लामिछानेले विकेट लिएपछि नेपालले खेलको मोमेन्टम आफ्नो पक्षमा पार्‍यो।

मध्यक्रमका म्याथ्यु रसलाई १८ र मार्क वाटलाई २४ रनमा करण केसीले विकेट लिए। यस्तोमा स्कटल्याण्डको इनिङ्स उकास्ने जिम्मेवारी लिएका माइकल इङ्ग्लिसले ३४ रन बनाएर अविजित रहँदा माइकल लिस्क २९ रन बनाएर इनिङ्सको अन्तिम बलमा आउट हुन पुगे।

बलिङमा लामिछानेले पूरा स्पेल बलिङ गरेर ४१ रन दिँदै ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।