काठमाडौं। नेपालले स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
यो क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिदेशीय सिरिजको पहिलो खेल हो। यो सिरिजबाट नेपाल तालिकाको सातौँ स्थानबाट पाँचौँ स्थानमा उक्ले प्रयासमा हुनेछ भने भने अमेरिका र स्कटल्याण्ड आफ्नो स्थितिलाई बलियो बनाउने लक्ष्यमा हुनेछन्।
आजको खेलमा नेपाली टोलीमा अघिल्लो सिरिजबाट परिवर्तन छैन। अघिल्लो सिरिज खेलेका बसीर अहमदको स्थानमा इशान पाण्डेले १५ सदस्यीय टोलीमा पुनरागमन गरेका थिए। तर, पाण्डेसहित सोमपाल कामी, कुशल भुर्तेल र भीम सार्की आज बेन्चमा रहनेछन्।
नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, विनोद भण्डारी, अर्जुन कुमाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी