काठमाडै। एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षाफल सार्वजनिक गरेको हो।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन्। कूल चार लाख ३० हजार ६६७ परीक्षार्थीमा ६५ दशमलव ९८ प्रतिशत उत्तीर्ण भएका हुन्।
बोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म ल्याउने ४८ हजार ३९२ विद्यार्थी छन्। ८० हजार ३७२ ले जीपीए ३.२० देखि ३.६० पाएका छन्।
यस्तै जीपीए १.६० देखि २.०० सम्म पाउने विद्यार्थी ७ जना रहेका छन्। पाँच हजार १९० ले जीपीए २.०० देखि २.४० पाएका छन्। जीपीए २.८० देखि ३.२० पाउने विद्यार्थी संख्या ९४ हजार २२२ रहेको छ।
कूल परीक्षामध्ये एक लाख ४६ हजार ५०७ जनाले नन ग्रेडेड (एनजी) भएका छन्।
यो पटक उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिने सरकारको निर्णयसँगै विगतभन्दा चाँडो परीक्षाफल सार्वजनिक भएको हो।