काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्लालयले मूल्य पारदर्शिता सप्ताह मनाउने भएको छ।
वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म एक साता देशभर मूल्य पारदर्शिता मनाउन लागेको मन्त्रालयले जानकारी गराएको हो।
मन्त्रालयका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्था अनुसार बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्न सम्पुर्ण उत्पादक तथा पैठारीकर्तालाई सूचना जारी गरेको हो।
मन्त्रालयले उत्पादक र पठारीकर्तालाई आफूले उत्पादन र पैठारी गरी विक्री वितरण गर्ने वस्तुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य गुणस्तर इन्ग्रेडिएन्ट लेबल लगायतका विवरणहरु सुनिश्चित गरी विक्री गर्न निर्देशन दिएको छ।