BIZMANDU
www.bizmandu.com

जोराको शतक र मल्लको घातक बलिङको सहायतामा अमेरिकामाथि नेपाल ‘ए’ को जित

२०८३ बैशाख २८

जोराको शतक र मल्लको घातक बलिङको सहायतामा अमेरिकामाथि नेपाल ‘ए’ को जित
जोराको शतक र मल्लको घातक बलिङको सहायतामा अमेरिकामाथि नेपाल ‘ए’ को जित


काठमाडौं। नेपाल ‘ए’ टोलीले अमेरिकालाई हराएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न अभ्यास खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हराएको हो।

Tata
GBIME

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले इनिङ्सको अन्तिम बल बाँकी छँदा अलआउट हुँदै २६४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिका ५ बल बाँकी छँदा २५७ रनमा अलआउट भयो।

अमेरिकाका लागि शेहान जयसूर्याले सर्वाधिक ७१ रन बनाउँदा शुभम रञ्जनीले ४७, शायन जहान्गिरले ४१ रन तथा स्मिथ पटेलले ३३ रनको योगदान दिए। अमेरिकालाई लक्ष्यसम्म पुग्न नदिन शेर मल्लले सबैभन्दा महत्वपूर्ण भूमिका खेले। उनले ७.१ ओभर बलिङ गर्दै ४ विकेट लिँदा बसीर अहमदले ३ तथा शहाब आलम र पवन सर्राफले समान १ विकेट लिए।

अभ्यास खेलमा त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले इनिङ्सको अन्तिम बल बाँकी छँदा अलआउट हुँदै २६४ रन बनाएको थियो।

शतक बनाएका सन्दीप जोरा। तस्बिर: क्यान

ओपनरद्वय अनिलकुमार साह र तृतराज दास समान ९ रन बनाएर पभेलियन फर्किँदा तेस्रो नम्बरमा आएका मयन यादव पनि २४ रन बनाएर रनआउट भए। त्यसपछि नेपालको इनिङ्स अघि बढाउने जिम्मेवारी लिए सन्दीप जोराले। उनले शतकीय इनिङ्स खेल्दै ११५ बलममा १११ रन बनाए। त्यस्तै बसीर अहमदले ३८ तथा पवन सर्राफले २० रन बनाए।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले सर्वाधिक ३ विकेट लिँदा जसदीप सिंहले २ तथा शुभम रञ्जनी, मोहम्मद मोसिन, मिलिन्द कुमार र रुसिल उगाकारले समान १ विकेट लिए।

मंगलबारबाट कीर्तिपुरमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग-२ को त्रिदेशीय सिरिज सुरु हुनेछ।