BIZMANDU
www.bizmandu.com

भूमि बैंक कार्यक्रमलाई बालेन्द्र शाह नेतृत्वको सरकारले पनि दियो निरन्तरता

२०८३ बैशाख २८

भूमि बैंक कार्यक्रमलाई बालेन्द्र शाह नेतृत्वको सरकारले पनि दियो निरन्तरता
भूमि बैंक कार्यक्रमलाई बालेन्द्र शाह नेतृत्वको सरकारले पनि दियो निरन्तरता

काठमाडौं। सरकारले भूमि बैंक कार्यक्रमलाई निरन्तरता दिएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भूमि बैंकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख गरिएको हो।

Tata
GBIME

‘बाँझो र उपयोगहीन जमिनको प्रयोग बढाउन भूमि बैंकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। अघिल्लो सरकारको नीति तथा कार्यक्रममा पनि भूमि बैंक कार्यक्रम समावेश थियो।

भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्थामार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गरिने कार्यक्रम ल्याएको थियो।