BIZMANDU
www.bizmandu.com

कृषि बीमा व्यवसायलाई डिजिटल बनाइने, अनुदान र दाबी भुक्तानी अनलाइनबाटै

२०८३ बैशाख २८

कृषि बीमा व्यवसायलाई डिजिटल बनाइने, अनुदान र दाबी भुक्तानी अनलाइनबाटै
कृषि बीमा व्यवसायलाई डिजिटल बनाइने, अनुदान र दाबी भुक्तानी अनलाइनबाटै

काठमाडौं। सरकारले कृषि बीमालाई डिजिटलाइज गर्ने भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल माध्यमबाट कृषि बीमा गर्ने र दाबी भुक्तानी गर्ने बताएका हुन।

Tata
GBIME

‘साना किसानका लागि कृषि तथा पशुधन बीमाको विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी भुक्तानीलाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ,’ पौडेलले भने।

सरकारले कृषि बीमाको विस्तारका लागि वार्षिक अनुदान दिए पनि वास्तविक कृषकले नपाउने समस्या देखिएको छ।