BIZMANDU
www.bizmandu.com

सूचना प्रविधि क्षेत्र राष्ट्रिय रणनीतिक उद्योग घोषणा, डिजिटल सेवा प्रवर्धन गरिने

२०८३ बैशाख २८

सूचना प्रविधि क्षेत्र राष्ट्रिय रणनीतिक उद्योग घोषणा, डिजिटल सेवा प्रवर्धन गरिने
सूचना प्रविधि क्षेत्र राष्ट्रिय रणनीतिक उद्योग घोषणा, डिजिटल सेवा प्रवर्धन गरिने

काठमाडौं। सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेयर’ ‘डिजिटल’ सेवालाई प्रवर्धन गर्ने जनाएको छ।

Vigo
GBIME
Tata

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्।

सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआइ कम्पुटेसन निर्यातलाई प्रवर्धन गरिने उनले उल्लेख गरे।

‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रुपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए।

‘सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ’, उनले भने।