BIZMANDU
www.bizmandu.com

रोयल टुलिप आइपीओ जारी गर्ने पूर्वतयारीमा, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

२०८३ बैशाख २८

रोयल टुलिप आइपीओ जारी गर्ने पूर्वतयारीमा, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
रोयल टुलिप आइपीओ जारी गर्ने पूर्वतयारीमा, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता


काठमाडौं। म्यासिफ होटल प्रालि (रोयल टुलिप काठमाडौं)ले आइपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ। जसका लागि संस्थागत परामर्श सेवा लिन होटलले नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता गरेको छ।

Vigo
GBIME
Tata

सम्झौतापत्रमा होटलका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत नबिल इन्भेष्टमेन्टले सर्वसाधारणमा सार्वजनिक निष्कासनको कार्य गरी एक सूचिकृत कम्पनी बनाउन आवश्यक तयारी गर्ने उद्देश्यका साथ प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने लगायतका काममा संस्थागत परामर्श सेवा दिनेछ।

नबिल इन्भेष्टमेन्टले होटललाई आइपीओ निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्नेछ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरूबाट सार्वजनिक निष्कासनका लागि अनुमति माग गरिने होटलको विज्ञप्तिमा उल्लेख छ।

फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाडौंको नामबाट संचालित द म्यासिफ होटल ललितपुरको ग्वार्कोमा छ। होटलमा ३०८ कोठाका साथै सुइट रुमहरू छन्।

यो आधुनिक वास्तुकलाले युक्त पाँच तारे होटल हो। होटलको आफ्नै अत्याधुनिक हेल्थ क्लब छ। होटलको इन हाउस रेष्टुरेन्टमा विश्वस्तरीय भोजनको आनन्द लिन सकिन्छ।

होटलमा कायाकल्प गर्ने तथा स्पामा आराम गर्न सकिन्छ भने होटलको अत्याधुनिक बैठक हलहरूमा कार्यक्रमको आयोजना गर्न सकिन्छ।