BIZMANDU
www.bizmandu.com

सुन प्रति तोला ४ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा सोमबार पनि बढोत्तरी

२०८३ बैशाख २८

सुन प्रति तोला ४ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा सोमबार पनि बढोत्तरी
सुन प्रति तोला ४ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा सोमबार पनि बढोत्तरी


काठमाडौं। सुनको मूल्य साताको दोस्रो दिन पनि घटेको छ भने चाँदी बढेको छ। सोमबार सुन तोलामा ४ सय रुपैयाँ घट्दा चाँदी ४० रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो। त्यसअघि बिहीबार २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य सोमबार प्रति तोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। आइतबार तोलाको ५ हजार ३ सय रुपैयाँ थियो। चाँदी बिस्तारै बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४६७३.६५ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ८०.५६ डलर छ। आइतबार सुन प्रति औंस ४७१५.६ डलर र चाँदी ८०.३१ डलरमा कारोबार भएको थियो।