काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेर कारोबार मूल्य कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रति तोला २ लाख ९८ हजार ९ सय रुपैयाँ भएको छ। गत शुक्रबार तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्य आइतबार प्रति तोला ५ हजार ३ सय रुपैयाँ भएको छ। गत शुक्रबार चाँदी प्रति तोला ५ हजार २ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४७१५.६ डलर र चाँदी प्रति औंस ८०.३९ डलरले कारोबार भइरहेको छ।