काठमाडौं। सुनचाँदीको भाउ लगातार उकालो लागेको छ। शुक्रबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य तोलामा १८०० रुपैयाँ बढेर प्रति तोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि लगातार बढिरहेको छ। शुक्रबार चाँदी तोलामा १२० रुपैयाँ वृद्धि भएको छ।
शुक्रबार चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य १०५ रुपैयाँ बढ्दै ५ हजार १५५ रुपैयाँ पुगेको थियो।