काठमाडौं । प्रहरीले सूर्यमुख तेल उत्पादन कम्पनीका संचालकलाई पक्राउ गरेको छ।
ओमकार आयल इन्डस्ट्रिज प्रालिका संचालक विजय श्रेष्ठ पक्राउ परेका हुन्। उजुरीको आधारमा काठमडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
‘तोकिएको परिमाण नभेटिएपछि नियन्त्रणमा लिइएको हो,’एसपी कार्कीले भने।
प्रहरीले ९०५ कार्टुन छहारी, ओमकार नामको सूर्यमुखी तेल समेत बरामद गरेको छ। एक लिटरको प्याकेटमा २० देखि २५ मिलिलिटर कम भेटिएको प्रहरीले जानकारी दिइएको छ।