BIZMANDU
www.bizmandu.com

एकैदिन १८०६ सवारीचालक कारबाहीमा, १८ लाख ७६ हजार राजस्व संकलन

२०८३ बैशाख २५

एकैदिन १८०६ सवारीचालक कारबाहीमा, १८ लाख ७६ हजार राजस्व संकलन
एकैदिन १८०६ सवारीचालक कारबाहीमा, १८ लाख ७६ हजार राजस्व संकलन


काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

Tata
GBIME

यसबाट राज्यकोषमा १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक संकेत उल्लंघनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो।