BIZMANDU
www.bizmandu.com

बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्स : बहस पूर्वाधार सुधार र सार्वजनिक सेवाको (तस्बिरहरु)

२०८३ बैशाख २४

बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्स : बहस पूर्वाधार सुधार र सार्वजनिक सेवाको (तस्बिरहरु)
बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्स : बहस पूर्वाधार सुधार र सार्वजनिक सेवाको (तस्बिरहरु)

काठमाडौं। बिजमाण्डूको आयोजनामा काठमाडौंमा बिहीबार भएको प्रि-बजेट कन्फ्रेन्समा पूर्वाधार सुधार र सार्वजनिक सेवामाथिको बहस सुन्न र छलफल गर्न उल्लेख्य सहभागिता रह्यो।

Vigo
GBIME
Tata

कार्यक्रमको प्रारम्भमा समारोहलाई ऊर्जा एवम् पूर्वाधारमन्त्री विराजभक्त श्रेष्ठले सम्बोधन गरे। ‘बदलिएको सरकार, बदलिनुपर्ने सार्वजनिक सेवा’ बहसमा पूर्वमुख्यसचिव विमल कोइराला, कानुनविद् सेमन्त दाहाल र रेटिङ एजेन्सी इक्रा नेपालकी बिजनेस हेड वर्षा श्रेष्ठ सहभागी भए। उनीहरुलाई विभिन्न प्रश्नमा बिजमाण्डूका प्रधानसम्पादक विज्ञान अधिकारीले अन्तरक्रियात्मक संवादमा जोडे।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आर्थिक वृद्धिको लक्ष्यमा प्रि-बजेट छलफलले मार्गप्रशस्त गरेको बताए।

आर्थिक क्षेत्रका विभिन्न विषय केलाइएको बहस सुन्न उल्लेख्य संख्यामा सहभागिता छ।