BIZMANDU
www.bizmandu.com

तीन दिनपछि खुल्यो बिपी राजमार्गमा सवारी आवागमन, वर्षा जारी रहँदा यात्रा छैन सहज

२०८३ बैशाख २४

तीन दिनपछि खुल्यो बिपी राजमार्गमा सवारी आवागमन, वर्षा जारी रहँदा यात्रा छैन सहज
तीन दिनपछि खुल्यो बिपी राजमार्गमा सवारी आवागमन, वर्षा जारी रहँदा यात्रा छैन सहज


काभ्रेपलाञ्चोक। रोशीखोला बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ। अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो। आवागमन खुलाइए पनि यात्राका लागि बाटो भने सजिलो छैन।

Tata
GBIME

वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले सम्बद्ध सबैमा अनुरोध गरेको छ। गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो। वर्षा हुनेबित्तिकै रोशी क्षेत्रमा गाडी चल्न रोकिन्छ।

करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनमा बाढीले क्षति पुग्ने भएकाले प्रहरीले बेला बेला आवागमन बन्द गराउने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा गाडीहरुलाई धुलिखेल, काभ्रेभञ्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालथोकमा रोकेर राख्ने गरिएको छ।

यो सडकले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्छ। कोसी र मधेस प्रदेशका विभिन्न जिल्ला पुग्न दूरी छोटो पर्ने भएकाले यो खण्डबाट धेरै गाडी चल्छन्। गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १२ किमी सडक बगाएपछि खोलामै डाइभर्सन बनाएर आवागमन खुलाएको थियो । हाल यो क्षेत्रमा सडक निर्माण भइरहेको छ।