BIZMANDU
www.bizmandu.com

भोगाधिकार प्राप्त जग्गा र त्यसमाथि बनेका संरचना तत्काल खाली गर्न भूमि मन्त्रालयको निर्देशन

२०८३ बैशाख २३

भोगाधिकार प्राप्त जग्गा र त्यसमाथि बनेका संरचना तत्काल खाली गर्न भूमि मन्त्रालयको निर्देशन
भोगाधिकार प्राप्त जग्गा र त्यसमाथि बनेका संरचना तत्काल खाली गर्न भूमि मन्त्रालयको निर्देशन


काठमाडौं। भूमि व्यवस्था मन्त्रालयले भोगाधिकार प्राप्त सरकारी जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ।

Tata
GBIME

मन्त्रालयले बुधबार सूचना जारी गरी भोगाधिकार प्राप्त सरकारी जग्गा र त्यहाँ बनेका संरचना तत्काल खाली गर्न भनेको हो।

‘तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकाले सम्झौताको सर्त बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत तत्काल खाली गर्न सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले भनेको छ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय तोकेर तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले २०७३ जेठ ३१ र २०७४ वैशाख २१ मा सूचना निकालेको थियो।