BIZMANDU
www.bizmandu.com

नागढुंगा-मुग्लिन सडकको पश्चिम खण्डमा काम सुस्त, ९ महिनामा जम्मा २३ प्रतिशत बजेट खर्च

२०८३ बैशाख २३

नागढुंगा-मुग्लिन सडकको पश्चिम खण्डमा काम सुस्त, ९ महिनामा जम्मा २३ प्रतिशत बजेट खर्च
नागढुंगा-मुग्लिन सडकको पश्चिम खण्डमा काम सुस्त, ९ महिनामा जम्मा २३ प्रतिशत बजेट खर्च

काठमाडौं। नागढुंगा-मुग्लिन सडक योजनाको पश्चिम खण्डमा चालु आर्थिक वर्ष ९ महिनामा जम्मा ४२ करोड रुपैयाँ खर्च भएको छ।

Tata
GBIME

सरकारले १ अर्ब ७७ करोड ८३ लाख रुपैयाँ बजेट छुट्टाएकामा साउनदेखि चैतसम्म जम्मा २३ प्रतिशत खर्च भएको हो।

मलेखुदेखि मुग्लिन खण्डमा ६ वटा निर्माणाधीन छन्। ती मध्ये चार वटा पुल निर्माणको काम अन्तिम रहेको सडक योजनाले जनाएको छ। दुई वटा पुलको भने जग तथा एवुटमेन्ट बनाउने काम भइरहेको छ।

यस्तै सडकको क्षेत्रमा पर्ने रुखहरु हटाइ व्यवस्थापन गर्ने जिम्मा डिभिजन वन कार्यालय चितवनलाई दिइएको छ। योजनाका अनुसार घर टहराको क्षतिपूर्ति वितरण गर्ने काम पनि भइरहेको छ। बिजुलीका पोल सार्ने काम सुरु गरेको योजनाले जनाएको छ।

योजनाका इन्जिनियरका अनुसार ३६.१०० किलोमिटर ड्रेन र १३ किलोमिटर डीबीएमको काम सकिएको छ।