काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सजल खड्का नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको १८८औं बैठकले सजललाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत सजल वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन्।