BIZMANDU
www.bizmandu.com

सरकारी कागजात हुलाकमार्फत घरघरमै, राहदानीसँगै मार्कसिट र लाइसेन्स सेवाग्राहीको हातमा

२०८३ बैशाख २२

सरकारी कागजात हुलाकमार्फत घरघरमै, राहदानीसँगै मार्कसिट र लाइसेन्स सेवाग्राहीको हातमा
सरकारी कागजात हुलाकमार्फत घरघरमै, राहदानीसँगै मार्कसिट र लाइसेन्स सेवाग्राहीको हातमा


काठमाडौं। सरकारी कागजात हुलाकमार्फत सेवाग्राहीको घरघरमै पुर्‍याउने क्रमलाई तीव्रता दिइएको छ।

Tata
GBIME

राहदानी, शैक्षिक प्रमाणपत्र लगायत कागजात सेवाग्राहीको घरघरमै पुर्‍याउने क्रमलाई तीव्रता दिइएको हुलाक सेवा विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर, कास्की, धनकुटा, झापा, मोरङ, कालीकोट, डडेल्धुरा, बझाङ, बैतडीलगायत १९ जिल्लामा यो सेवा सञ्चालनमा आएको छ।

मन्त्रिपरिषद्ले गत चैत १३ गते तय गरेको शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूचीमा हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने भनिएको छ।

विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हालसम्म ३ हजार १३१ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ।

राहदानीसँगै अन्य सरकारी कागजात पनि घरमै पुर्‍याउन थालिएको छ। हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण घर घरमा पुगेर वितरण गरेको विभागले जनाएको छ।

यस्तै २ लाख ९६ हजार ५४५ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धित यातायात कार्यालयमा पठाइ मोरङ, कास्कीलगायत जिल्लामा घरमै पुर्‍याउन सुरु गरेको विभागले जनाएको छ। विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सुर्खेत, बाँके र काठमाडौंमा नमुना ढुवानीको काम थालेको छ।

नेपाल टेलिकमसँग सहकार्यमा सिमकार्ड पनि घरघरमा पुर्‍याउने तयारीमा रहेको विभागले जनाएको छ।