BIZMANDU
www.bizmandu.com

कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई जेठ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

२०८३ बैशाख २२

कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई जेठ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने
कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई जेठ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने


काठमाडौं। कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई जेठ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।

GBIME
Tata

हाइड्रोपावरले पहिलो चरणमा स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको २५ प्रतिशले हुन आउने ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर निष्कासन अनुमति पाएकामा सर्वसाधारणलाई २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता सेयर छुट्याएको छ।

लगानीकर्ताले १० देखि २० हजार कित्ताका लागि अंकित मूल्य १०० रुपैयाँ दरमा आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।