BIZMANDU
www.bizmandu.com

उद्योग वाणिज्य महासंघको पदाधिकारीका लागि चुनाव सुरु, ढकाल र घिमिरे समूह आमनेसामने

२०८३ बैशाख २२

उद्योग वाणिज्य महासंघको पदाधिकारीका लागि चुनाव सुरु, ढकाल र घिमिरे समूह आमनेसामने
उद्योग वाणिज्य महासंघको पदाधिकारीका लागि चुनाव सुरु, ढकाल र घिमिरे समूह आमनेसामने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी पदको निर्वाचन आज हुँदैछ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान हुँदैछ।

Tata
GBIME
Nepal Life

६० औं वार्षिक साधारण सभाको उद्घाटन आइतबार भएको थियो। आज महासंघका उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन हुँदैछ।

हेमराज ढकाल र शिवप्रसाद घिमिरे प्यानल नै बनाएर चुनावी मैदानमा छन्।

हेमराज ढकाल वरिष्ठ उपाध्यक्षमा लड्दै गर्दा घिमिरे समूह वरिष्ठ उपाध्यक्षको उम्मेद्वार घोषणा नगरी चुनावमा गएको हो।

कार्यसमिति चयनपछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी तयार पार्ने योजनामा घिमिरे समूह छ। यो समूहबाट रामचन्द्र संघई आकांक्षी छन्। संघई बाहेक अहिलेकै पदाधिकारीलाई वरिष्ठको उम्मेद्वार घोषणा गर्ने सम्भावना पनि छ।

यो चुनावमा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले घिमिरेलाई समर्थन गरिरहेका छन्। ढकालपछि अञ्जन स्वत: अध्यक्ष हुँदैछन्।

घिमिरेको समूहमा एसोसिएटतर्फ प्रबलजंग पाण्डेको उम्मेदवारी परेको छ। त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको टिमबाट ज्योत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्ष, उमेश डालमिया र कल्पना गैरेले जिल्ला नगर उपाध्यक्ष तथा कमला श्रेष्ठ महिला उपाध्यक्षमा उम्मेदवार छन्।

एसोसिएसटमा प्रवलजंग र ज्योत्सना मैदानमा छन्। जोन्सना अहिले एसोसिएट उपाध्यक्ष नै छिन्। एसोसिएटको प्रोक्सी मत संकलनमा दुबै पक्ष लागेका छन्। दुबैले प्रोक्सी मत धेरै बटुलेर बलियो बन्न कसरत गरिरहेका छन्। यही बेलामा सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर समूहका शंकरलाल अग्रवाल र सुलभ अग्रवाल तानिएपछि चुनावको जोडघटाउमा बदलाव आउने सम्भावना देखिएको छ।

एसोसिएटतर्फ शंकर ग्रुपको करिब १०० भोट छ। शंकर ग्रुपले एसोसिएटको उम्मेदवार ज्योत्सनालाई मत दिने प्रतिवद्धता गरेको थियो। तर, सम्पत्ति शुद्धीकरणको छानबिनमा परेपछि भोट कता जान्छ भन्ने अन्योल रहेको स्रोतले बतायो।

शंकर समूहका उपाध्यक्ष सुलभ प्रहरी हिरासतमा रहेको र प्रबन्ध निर्देशक साहिल अग्रवाल फरार रहेकाले यो समूहसँग रहेको भोट कता जान्छ भन्ने यकिन छैन।