BIZMANDU
www.bizmandu.com

रोशी खोलाको बाढीमा फसेका ५ वटा माइक्रोबसमा सवार ८९ यात्रुको उद्धार

२०८३ बैशाख २२

रोशी खोलाको बाढीमा फसेका ५ वटा माइक्रोबसमा सवार ८९ यात्रुको उद्धार
रोशी खोलाको बाढीमा फसेका ५ वटा माइक्रोबसमा सवार ८९ यात्रुको उद्धार

काठमाडौं । रोशी खोलामा आएको बाढीका कारण फसेका यात्रुहरुको उद्धार गरिएको छ। ठूलो वर्षापछि रोशी खोलामा बनाइएको डाइभर्सन बग्दा त्यहाँबाट आवतजावत गरेको सवारीसाधन बीचमै फसेका थिए।

Tata
GBIME

काभ्रेको रोशी गाउँपालिका-७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबस फसेको थियो। ती माइक्रोबस सवार ८९ यात्रु ठूलो बहाबका कारण खोलामै फसेका थिए।

फसेका यात्रुहरुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ।