BIZMANDU
www.bizmandu.com

सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा

२०८३ बैशाख २१

सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा
सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा


काठमाडौं। कारोबार खुलेदेखि ओरालो लागेको सेयर बजार ३४.६३ अंक घटेको छ। नेप्से परिसूचक सोमबार २७०४.०८ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका सबै माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै २.५४ अंकले घटेको छ। सेयर बजार लगातार सोमबार चौथो दिन घटेको हो।

बजारमा २४० कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको स्थिर छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशतले घटेको छ।

बजारमा २७ कम्पनीको सेयर मूल्य बढेको छ। फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजारमा ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल इन्फ्रास्टरक्चर डेभलपमेन्टको सबैभन्दा धेरै ३१ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख र नेसनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।