BIZMANDU
www.bizmandu.com

सरकारले भारतसँग जीटूजीमार्फत ८० हजार मेट्रिक टन मल किन्ने, कृषि सामग्री कम्पनीलाई स्वीकृति

२०८३ बैशाख २१

सरकारले भारतसँग जीटूजीमार्फत ८० हजार मेट्रिक टन मल किन्ने, कृषि सामग्री कम्पनीलाई स्वीकृति
कृषि सामग्री कम्पनीको गोदाममा मल। फाइल तस्वीर

काठमाडौं। नेपालले भारत सरकारसँग ८० हजार मेट्रिक टन मल किन्ने भएको छ।

Tata
GBIME

सरकारले ६० हजार मेट्रिक टन यूरिया र २० हजार मेट्रिक टन डीएपी मल जीटूजीमार्फत खरिद गर्ने भएको हो।

भारतसँग जीटूजीमार्फत मल किन्नका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ।