काठमाडौं। सर्वोत्तम सिमेन्टले दिवस न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको
आइतबार बसेको बैठकले काठमाडौं महानगर-११ का दिवसलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
दिवसलाई आइतबारबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको पत्र कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पठाएको छ।