BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा ३०० घट्दा चाँदी भने २० रुपैयाँ महँगियो

२०८३ बैशाख २१

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा ३०० घट्दा चाँदी भने २० रुपैयाँ महँगियो
सुनको मूल्यमा सामान्य गिरावट, तोलामा ३०० घट्दा चाँदी भने २० रुपैयाँ महँगियो

काठमाडौं। सुनको मूल्य लगातार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० सय रुपैयाँले घटेको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

आइतबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा २० रुपैयाँ बढेर चाँदी प्रति तोला ५ हजार ३० रुपैयाँ पुगेको छ।

आइतबार चाँदी प्रति तोला ६५ रुपैयँ बढेर प्रति तोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४५९८.७६ डलर भएको छ। चाँदी प्रति औंस ७५.२४ डलर छ। आइतबार सुन प्रति औंस ४६१५.२४ डलर र चाँदी प्रति औंस ७५.३६ डलर थियो।